धनुषा । बाढीमा बगेर धनुषामा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपता भएका छन् । मंगलबार दिउँसो खोला तर्न खोज्दा एक जनाको मृत्यु भएको र बाढीमा आएको दाउरा संकलन गर्न गएका श्रीमान्रश्रीमती बेपता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक बिक्रम साहले बताए ।
बसही खोलामा आएको बाढीमा बगेर मिथिला नगरपालिका–१ आनन्दपुरका १६ वर्षीय अजय यादवको मृत्यु भएको छ । उनलाई उद्धार गरी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक साहले बताए ।
कमलानदीमा बाढीले बगाएर ल्याएको काठ संकलन गर्ने क्रममा कमला ब्यारेज नजिकबाट श्रीमान्रश्रीमती बेपता भएका छन् । गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र श्रीमती ३० वर्षीया माया परियार बेपत्ता भएको हो । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बाढीमा बगेर धनुषामा एक जनाको मृत्यु, श्रीमान्-श्रीमती बेपत्ता
बाढीमा बगेर धनुषामा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपता भएका छन् । मंगलबार दिउँसो खोला तर्न खोज्दा एक जनाको मृत्यु भएको र बाढीमा आएको दाउरा संकलन गर्न गएका श्रीमान्रश्रीमती बेपता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक बिक्रम साहले बताए ।

