बागलुङ बडिगाडका साइकलयात्री भक्तबहादुर राना सेती नदीमा खसेर बेपत्ता

पोखराको सेती नदीमा खसेर एक जना साइकलयात्री बेपत्ता भएका छन्। पोखरा २९ पटनेरीमा साइकलयात्री भक्तबहादुर राना पुलबाट सेती नदीमा खसेर बेपत्ता भएका हुन्।

बागलुङ बडिगाडका  साइकलयात्री भक्तबहादुर राना सेती नदीमा खसेर बेपत्ता
बागलुङ । पोखराको सेती नदीमा खसेर एक जना साइकलयात्री बेपत्ता भएका छन्। पोखरा २९ पटनेरीमा साइकलयात्री भक्तबहादुर राना पुलबाट सेती नदीमा खसेर बेपत्ता भएका हुन्। उनी बिहान बागमाराबाट पटनेरी आउँदै थिए।बागलुङको बडिगाड गाउँपालिका- ४ घर भइ हाल पोखरा- ३३ बागमारा बस्ने राना बिहान पौने १० बजेको समयमा सेतीमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए। रानाको चप्पल पुलनजिकै भेटिएपछि परिवारले पहिचान गरेको उनको भनाइ छ। इलाका प्रहरी कार्यालय शिशुवाले अहिले बेपत्ता रानाको खोजि गरिरहेको छ। केही दिनदेखि परिरहेको अविरल वर्षाले सेती नदीको पानीको सतहसमेत बढेको छ।