पहिराेले मुग्लिन- नारायणगढ सडक अवरुद्ध

वर्षात् भइरहेकाले अन्य ठाउँमा पनि पहिराको जोखिम बढेको छ। अहिले खसेको स्थानमा थप पहिरो नआए अवरूद्ध सडक खुलाउन करिब ३ घन्टा समय लाग्ने अनुमान अनुमान गरिएको छ।

पहिराेले मुग्लिन- नारायणगढ सडक अवरुद्ध
काठमाडौं । अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो जाँदा मुग्लिन नारायणगढ सडक खण्ड अवरूद्ध हुन पुगेको छ। सडक डिभिजन भरतपुरले जानकारी दिएअनुसार कालिखोला लगायत ठाउँमा मंगलबार बिहानै पहिरो खसेको हो । बिहानैदेखि डिभिजन कार्यालय भरतपुरको मेसिन उपकरणद्वारा पहिरो पन्छाउने कार्य भइरहेको छ। वर्षात् भइरहेकाले अन्य ठाउँमा पनि पहिराको जोखिम बढेको छ। अहिले खसेको स्थानमा थप पहिरो नआए अवरूद्ध सडक खुलाउन करिब ३ घन्टा समय लाग्ने अनुमान अनुमान गरिएको छ।