काठमाडौं । राजधानी काठमाडौंमा बग्ने धोबीखोलाको जल सतह बढेर किनारको सडकसम्म पुगेको छ । सोमवार रातिदेखि परेको अविरल वर्षाका कारण जल सतह बढेको हो ।
कपन मिलनचोक खहरे खोला बढ्नाले खहरे खोला वरिपरिका पसलहरूभित्र पानी पसेको छ । चाबहिल गोपिकृष्णदेखि कालोपुल, रातोपुल जाने धोबीखोला करिडोर सडकसम्म जल सतह पुगेको छ । अविरल वर्षाले राजधानीका विभिन्न ठाउँ जलमग्न भएका छन् ।
धोबीखोलाको जल सतह बढेर सडकसम्म, पसलहरूभित्र पानी पस्यो
राजधानी काठमाडौंमा बग्ने धोबीखोलाको जल सतह बढेर किनारको सडकसम्म पुगेको छ । सोमवार रातिदेखि परेको अविरल वर्षाका कारण जल सतह बढेको हो ।

