सुन तस्करी प्रकरण : एसपी थापा तोकिए अनुसन्धान अधिकृत

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०ले एक क्विन्टल सुन तस्करी एसपी सञ्जय सिंह थापाको नेतृत्वमा अनुसन्धान सुरु गरेको छ । उनले हिजोदेखि अनुसन्धानको नेतृत्व पाएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।

सुन तस्करी प्रकरण : एसपी थापा तोकिए अनुसन्धान अधिकृत
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले एक क्विन्टल सुन तस्करी एसपी सञ्जय सिंह थापाको नेतृत्वमा अनुसन्धान सुरु गरेको छ । उनले हिजोदेखि अनुसन्धानको नेतृत्व पाएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन साउन २ मा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । सोही प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबार सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो । सीआइबीले सोमबारदेखि भने औपचारिक रूपमा अनुसन्धान सुरु गरेको हो ।