दलहरूबीच संसदीय समिति सभापतिको भागबन्डा टुंगियो

मुख्य दलहरूबीच संसदीय समिति सभापतिको भागबन्डा टुंगिएको छ । सिंहदरबारमा आज बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो ।

दलहरूबीच संसदीय समिति सभापतिको भागबन्डा टुंगियो
काठमाडौं । मुख्य दलहरूबीच संसदीय समिति सभापतिको भागबन्डा टुंगिएको छ । सिंहदरबारमा आज बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो ।जसअनुसार नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक–एक संसदीय समिति परेको छ । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपालाई भने संसदीय समिति सभापति नपाउने भएका छन् ।