पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने माओवादीको तयारी

नेकपा माओवादी केन्द्रले पार्टीका पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ। पदाधिकारीको कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको आइतबारको बैठकमा प्रस्ताव गर्दैछन्।

पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने माओवादीको तयारी
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ। पदाधिकारीको कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको आइतबारको बैठकमा प्रस्ताव गर्दैछन्। ‘पार्टीले पदाधिकारीहरूको कार्यविभाजन व्यापक ढंगले परिवर्तन गर्दैछ,’ एक पदाधिकारीले भने, ‘त्यससम्बन्धी प्रस्ताव पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ।’कस्तो खालको कार्यविभाजन हुने र को(कसको जिम्मेवारी हेरफेर हुने भन्ने बारेमा भने उनले खुलाएनन्। गत साउन १७ गतेदेखि काठमाडौंको कमलादीमा केन्द्रीय कमिटी बैठक जारी छ। अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरुको जवाफ दिँदैछन्।