यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र उत्तर प्रदेशको पूर्वी क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित छ।

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र उत्तर प्रदेशको पूर्वी क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना छ। आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना छ। गण्डकी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार २४ घण्टाको अवधिमा एक सय एमएमभन्दा बढी र दुई सय एमएमभन्दा कम वर्षा भएमा धेरै भारी वर्षा भनिन्छ।