काठमाडौं । भारतमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । शनिबार नेपाली समयअनुसार साँझ साढे ६ बजे भारतको उत्तर प्रदेश राज्यस्थित श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा बाँकेको नेपालगन्जस्थित त्रिभुवन चोकका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा नेपालगन्जका व्यापारी दुई परिवारका गरी ६ जनाको मृत्यु भएको हो ।
त्रिभुवन चोकस्थित एसकुमार वाचका सञ्चालक घडी व्यवसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरीको मृत्यु भएको छ । यस्तै, गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको मृत्यु भएको नेपालगन्जका प्रहरी नायब निरीक्षक नारायण डाँगीले जानकारी दिए ।
कारका चालक गम्भीर घाइते छन् । भारतबाट नेपालगन्ज फर्किँदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो । उत्तर प्रदेशको सञ्चारमाध्यमले कार रुखमा ठोक्किएर दुर्घटना भएको जनाएका छन् ।
भारतमा कार दुर्घटना हुँदा ६ नेपालीको मृत्यु
भारतमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । शनिबार नेपाली समयअनुसार साँझ साढे ६ बजे भारतको उत्तर प्रदेश राज्यस्थित श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा बाँकेको नेपालगन्जस्थित त्रिभुवन चोकका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

