अछाम । अछामको मंगलसेन नगरपालिका– १ जैधनकी निर्मला साउद थापाको भीरबाट लडेर मृत्यु भएको छ। घाँस काट्न जाँदा भीरबाट लडेर उनको मृत्यु भएको हो।
१ वडा नम्बरको कार्यालयमा कार्यरत २५ वर्षीया निर्मला स्थानीय सागर थापाकी श्रीमती हुन्। उनका ३ वर्षका एक छोरा छन्। शनिबार बिहान घर नजिकैको जंगलमा घाँस काट्न गएकी निर्मला अग्लो भीरबाट चिप्लिएर लडेपछि उनको घटनास्थलमै मृत्यु भएको हो।
जंगलमा घाँस काट्न जानेक्रममा भीरबाट लडेर एक महिलाको मृत्यु
अछामको मंगलसेन नगरपालिका– १ जैधनकी निर्मला साउद थापाको भीरबाट लडेर मृत्यु भएको छ। घाँस काट्न जाँदा भीरबाट लडेर उनको मृत्यु भएको हो।

