इमेज बचत तथा ऋण सहकारीका पीडित गृहमन्त्रालयमा

छलफलपछि गृहमन्त्री श्रेष्ठले बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका सहकारीका अध्यक्षलगायतका पदाधिकारीलाई खोजतलास गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई निर्देशन दिएका छन् ।

इमेज बचत तथा ऋण सहकारीका पीडित गृहमन्त्रालयमा
काठमाडौं । इमेज बचत तथा ऋण सहकारी पीडितहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन् । प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतका प्रतिनिधिहरुले शुक्रबार गृहमन्त्री श्रेष्ठसँग छलफल गरेका हुन् । छलफलपछि गृहमन्त्री श्रेष्ठले बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका सहकारीका अध्यक्षलगायतका पदाधिकारीलाई खोजतलास गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई निर्देशन दिएका छन् । 'छफलफल सकरात्मक भयो, गृहमन्त्री नारायणकाजीले बचतकर्ताको रकम हिनामिना गरी फरार भएकाहरुको खोजविन गर्न  सीआइबीलाई निर्देशन दिनुएकाे छ', प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले भने । करिब १५ सय बढी बचतकर्ताको २ अर्ब भन्दा बढी रकम हिनामिना गरी सहकारीका संस्थापक अध्यक्ष एवम् ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली जेष्ठ ५ गतेदेखि फरार रहेका छन् । बचतकर्ताको उजुरीपछि सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, कर्मचारी लालमति थापा, शक्ति किसान पक्राउ परी पुर्पक्षका लागि जेल चलान भएका छन् ।