काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित भएको छ। सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने लगायतका माग राख्दै एमाले बिहीबारको बैठक अवरोध गरेको हो। एमाले सांसद भैरवसुन्दर श्रेष्ठले यो देश तस्करको बनाउनु नहुने जिकिर गर्दै उच्चस्तरीय छानबिन समिति नबनाउन्जेल बैठक चल्न नदिने बताए। उनले भने, ‘सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेकाले राष्ट्रिय सभाको बैठक चल्न दिँदैनौं।
बैठक आगामी २२ गते सम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। एमालेले प्रतिनिधि सभाको बैठक पनि साउन १० देखि अवरोध गर्दै आइरहेको छ।
एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित भएको छ। सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने लगायतका माग राख्दै एमाले बिहीबारको बैठक अवरोध गरेको हो।

