नारायणीमा हाम फालेकी महिलाको मृत्यु

चितवनको नारायणी पुलबाट नदीमा हाम फालेर एक महिलाको ज्यान गएको छ । आज बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको उपचारको क्रममा ज्यान गएको हो ।

नारायणीमा हाम फालेकी महिलाको मृत्यु
चितवन । चितवनको नारायणी पुलबाट नदीमा हाम फालेर एक महिलाको ज्यान गएको छ । आज बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको उपचारको क्रममा ज्यान गएको हो । उनलाई नदीमा हाम फालेको देखेपछि प्रहरीले अचेत अवस्थामा उद्धार गरेको थियो । अन्दाजी ४५ वर्षकी महिलाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा बिहान साढे ८ बजे ज्यान गएको चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । उनको पहिचान भने अझै नखुलेको प्रहरीले जनाएको छ ।