माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ। बुधबार बिहान पार्टी मुख्यालयमा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो।

माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ। बुधबार बिहान पार्टी मुख्यालयमा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो। पार्टीभित्रकै नेताहरूको दबाबका कारण बैठक लाइभ नगर्ने निर्णय भएको एक नेताले जानकारी दिए। माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ। केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट सुरु हुन लाग‍ेको हो।