पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगम आज मूल्यसूची जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको हो । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घटाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगम आज मूल्यसूची जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको हो । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घटाएको छ । यसैगरी, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ । हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।