गलकोटका एक पुरूष गुल्मीमा मृत फेला

गलकोट नगरपालिका- ३ खसगाउँका ४९ वर्षीय प्रेमलाल दर्जी आज गुल्मीको मुसिकोट नगरपालिका - ७ बसेरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गलकोटका एक पुरूष गुल्मीमा मृत फेला
बागलुङ । हप्तादिन देखि परिवारसँग सम्पर्क विहिन रहेका गलकोटका एक पुरुष गुल्मीमा मृत अवस्थामा फेला परेका छन् । गलकोट नगरपालिका- ३ खसगाउँका ४९ वर्षीय प्रेमलाल दर्जी आज गुल्मीको मुसिकोट नगरपालिका - ७ बसेरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । साउन ७ गतेदेखि परिवारसँग सम्पर्क विहिन भएका दर्जीको परिवार र प्रहरीद्धारा खाजीकार्यलाई तीव्र पारिएको थियो । आज घाँस काट्न गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेपछि शवको पहिचान भएको बताइएको छ ।