बढ्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो ।

बढ्यो सुनको मूल्य
काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज तीन सय रुपैयाँले बढेर तोलाको १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भइएरहेको छ । शुक्रबार तेजावी सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ थियो । यता, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ थियो ।