क्विन्टल सुन तस्करी प्रकरण : ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ

राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलको होटल भियनाबाट एक जनालाई पक्राउ गरेको छ। विभागको टोलीले आइतबार बिहान उक्त होटलबाट दावा छिरिङलाई पक्राउ गरेको स्रोतले बतायो। उक्त होटल उनकी श्रीमतीको नाममा छ।

क्विन्टल सुन तस्करी प्रकरण : ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ
काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलको होटल भियनाबाट एक जनालाई पक्राउ गरेको छ। विभागको टोलीले आइतबार बिहान उक्त होटलबाट दावा छिरिङलाई पक्राउ गरेको स्रोतले बतायो। उक्त होटल उनकी श्रीमतीको नाममा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो। उनी नेपाली मूलका बेल्जियम नागरिक हुन्।योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ। विभागले उक्त होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान अघि बढाएको छ। ‘कागजात, कम्प्युटर, सिसिटिभी फुटेजहरू ल्याएका छौं,’ स्रोतलेबतायो। विभागले यससम्बन्धी थप अनुसन्धान अघि बढाएको छ ।