काठमाडौं । आउँदो १७ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा तयार पार्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने महासचिव देव गुरुङले जानकारी दिए।
केन्द्रीय कमिटी बैठकमा माओवादीले राजनीतिक परिस्थिति, सांगठनिक संरचना र नेताहरूको कार्यविभाजनबारे छलफल गर्ने तयारी गरेको छ। त्यसका लागि राजनीतिक प्रतिवेदनको मस्यौदा बनाउने जिम्मेवारी उपाध्यक्षाहरू र सांगठनिक प्रतिवेदन बनाउने जिम्मेवारी उपमहासचिवहरूलाई दिएको छ।
उपाध्यक्ष तथा उपमहासचिवहरूले तयार पारेको मस्यौदामा पदाधिकारी बैठकमा छलफल गरेपछि माओवादीले भोलि या पर्सिमा स्थायी कमिटी बैठक बोलाउने र बैठकबाट पारित भएको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश गर्ने महासचिव गुरुङले बताए। माओवादीले केन्द्रीय कमिटीको यही बैठकबाट पार्टीको विशेष महाधिवेशनको मिति तोक्ने जनाएको छ।
केन्द्रीय समिति बैठकको एजेण्डा बनाउन माओवादी पदाधिकारी बैठक बस्दै
आउँदो १७ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा तयार पार्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने महासचिव देव गुरुङले जानकारी दिए।

