काठमाडौं । आज (आइतबार) पूर्वदेखि पश्चिमसम्म ४३ वटा जिल्लाका खोला नदीमा बाढी आउने सम्भावना रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
सरदर स्थान आसपास आयो मनसुनको रेखा, मंगलबारसम्म वर्षाको सम्भावना
महाशाखाका अनुसार इलाम, झापा, पाँचथर, सिन्धुली, बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापूर्व), लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ र आसपास भई बहने केही ससाना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको जोखिम देखिएकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ।
यसैगरी आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, पर्सा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रुपन्देही, कपिलवस्तु, पाल्पा, बाँके, बर्दिया, दाङ, रुकुमपूर्व, रोल्पा, कैलाली, अछाम, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा र आसपास भई बहने केही ससाना नदीमा बहाव बढ्न सक्ने अनुमान गरिएको छ। तसर्थ सो क्षेत्र भई बहने साना नदीतटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।
हेर्नुहोस् सूचना :



