पाल्पा । सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड क्षेत्रमा ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ ।
प्रहरीका अनुसार सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ठूलो मेसिन लगाएर पहिरो खुलाउने प्रयास गरेको छ । ब्रेकर लगाएर ढुंगा फुटाएर मात्र सवारी साधन सञ्चालन गर्न सकिने भएकाले सडक सुचारु हुन अझै कम्तीमा दुई घन्टा लाग्ने प्रहरीले जनाएको छ ।
सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध
सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड क्षेत्रमा ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ ।

