बडिगाडका स्थायी शिक्षक भट्टको अराजक शैली

यो प्रसंग एकजना प्राथमिक तहको स्थायी शिक्षक कोटामा अध्यापन गराइरहेका वासुदेव भट्टले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिले पत्रकारिता प्रतिको अराजक एवं गैरकानुनी शैलीको कमेन्टका कारण उठाइएको हो ।

बडिगाडका स्थायी शिक्षक भट्टको अराजक शैली
रामप्रसाद घिमिरे, बडिगाड । समाजमा शिक्षक भन्ने बित्तिकै शालीन, भद्र एवं सबैले सिको गर्ने स्वभावको पूर्ण शैक्षिक व्यक्ति भन्ने बुझिन्छ तर, नेपाली समाजमा कतिपय यस्ता शिक्षक पनि छन् जसले कलिलो मस्तिष्कका विद्यार्थीलाई के शिक्षा दिन्छन् होला भन्ने शंका पैदा गर्दछ । यो प्रसंग एकजना प्राथमिक तहको स्थायी शिक्षक कोटामा अध्यापन गराइरहेका वासुदेव भट्टले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिले पत्रकारिता प्रतिको अराजक एवं गैरकानुनी शैलीको कमेन्टका कारण उठाइएको हो । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ मा रहेको भगवती प्राथमिक विद्यालयमा अध्यापनरत शिक्षक भट्टले नेपालको पत्रकारिता क्षेत्रमा गरिएको टिप्पणीले चौतर्फी आलोचना भैरहेको छ । बडिगाड गाउँपालिकाको बडा नम्बर ७ को एक प्रसंगमा लेखिएको समाचारमा शिक्षक वासुदेव भट्टले गरेको टिप्पणी हेर्नुहोस् जस्ताको तस्तै : यो टिप्पणी हेर्दा भट्टको नेपाली पत्रकारिता क्षेत्रमा ठूलो आक्रोश देखिन्छ यसमा दुईमत छैन तर कुनैपनि क्षेत्रसँगका आफ्ना असहमति व्यक्त गर्ने शैली हेर्दा उनको व्यक्तित्व कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । समाजको उच्च दर्जाको क्षेत्र मानिने प्राज्ञिक क्षेत्र त्यो पनि नेपाल सरकारको स्थायी शिक्षकको सामाजिक सञ्जालमा यो हदसम्मको अराजकताले उनलाई असल मानिरहेका नागरिक, उनले अध्यापन गराउने विद्यार्थी, अभिभावकलगायत सामाजिक सञ्जाल प्रयोगकर्ताको मनमा कस्तो असर पर्छ होला ? हामी सहजै अनुमान गर्न सकिन्छ । शिक्षा समाजमा सकारात्मक सन्देश र मानिसमा ज्ञानको ज्योति फैलाउने क्षेत्र मानिन्छ र शिक्षक त्यो जिम्मेवारी बोकेको व्यक्ति मानिन्छ तर शिक्षकको सामाजिक सञ्जाल प्रयोगको यो हदसम्मको अराजकताले नेपाली समाज कता जाँदैछ भन्नेमा जानकारहरु चिन्तित बनेका छन् । शिक्षक हुन के के चाहिन्छ ? पढ्नुहोस् शिक्षा मन्त्रालयद्धारा जारी आठ मापदण्ड -नमुनाका रूपमा आदर्श व्यवहारको प्रदर्शन शैक्षिक गुणस्तरका लागि शैक्षिक सुधारमा निरन्तर प्रवर्तनात्मक अभ्यासमा सक्रियता, -साझेदारी र सहयोगात्मक भावना भएको, समन्वयात्मक रूपमा काम गर्न रूची राख्ने - सिकारूको सामाजिक, आध्यात्मिक, नैतिक, संवेगात्मक एवम् सामाजिक विकास प्रति संवेदनशील रही सम्बन्ध स्थापित गर्न उत्सुक, - स्थानिय तहमा सूचना सम्पे्रषण गर्दा स्थानीय भाषाको प्रयोगप्रति संवेदनशील, - विचारहरूरतर्कहरूको सहज एवम् सही प्रस्तुति तर्फ प्रयासरत, - नागरिक प्रति सम्मान गर्ने, सकारात्मक सोच भएको, देशभक्त, राष्ट्रप्रति बफादारीता प्रदर्शन गर्ने, राष्ट्रिय अन्तरराष्ट्रिय परिवेशसँग सचेत नेपाल सरकारको शिक्षा मन्त्रालयले शिक्षकमा हुनुपर्ने आठ सक्षमता मध्येको आठौं सक्षमता प्रवृत्तिमा आधारित सक्षमतामा माथि उल्लेख गरिएका व्यवहारहरुको भट्टमा कमि देखिन्छ । आफूलाई गुनासो वा असहमति भएको विषयमा निजले व्यक्त गरेको अराजक शैलीले कारबाहीको दायरामा ल्याउनुपर्ने कानुनका जानकार बताउँछन् । के हुनसक्छ भट्टलाई कारबाही ? शिक्षा नियमावलीको परिच्छेद २२ को दफा १३३ को (छ) मा शिक्षकले कुनै क्षेत्र, भाषा, सम्प्रदाय तथा धर्म विरोधी भावना कुनैपनि माध्यमबाट फैलाउन नहुने यदि त्यसो गरेमा सम्बन्धित निकायले स्पष्टीकरण सोधि आवश्यक कारबाही गर्नेु भनिएको छ । तर गाउँपालिकाले भने शिक्षक वासुदेव भट्टको यो अराजक शैली उपर के कदम चाल्छ यो भने हेर्न बाँकी छ । समाजका शिक्षित वर्गको यो अराजकतामा पालिकाले प्रभावकारी कदम चाल्नुपर्ने र आगामी दिनमा यस्ता प्रवृत्तिको नियन्त्रणमा गाउँपालिका सचेत हुनुपर्ने स्थानीयको माग रहेको छ । यस अघिकाे समाचार 

प्रावि शिक्षक नै कांग्रेसको कोषाध्यक्ष !