पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध

केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध भएको छ। लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धर्मशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो ।

पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध
बागलुङ । केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध भएको छ। लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धर्मशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो । निरन्तरको वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाँदा र रुख ढल्दा सडक अवरुद्ध भएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए । गएरातिदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको उनले बताए । सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाडौं, पोखरालगायत ठाउँका लागि छुटेका गाडी कालापैरामा रोकिएका छन् । यस्तै, बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला गाडी कानाबगरमा रोकिएका छन् । खाडु र कालापैरामा माथिदेखि भलसहितको ठूलो बाढी आएर लोकमार्ग पूरै ढाकेको पौडेलले बताए। वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक अवरुद्ध छन् । ग्रामीण सडकदेखि झरेको पहिरोले मुख्य सडकको धेरै ठाउँमा क्षति पुर्याएको छ । वर्षा हुनेबित्तिकै लेदो झरेर सडकमा थुप्रिँदा पटक पटक यातायात अवरुद्ध हुने गरेको छ ।