रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदाममा छापा, ठूलो परिमाणको ‘ब्रेक शु’ बरामद

१ सय क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको सोह्रखुट्टे रहेको गोदाममा राजश्व अनुसन्धान विभागले छापा मारेको हो । विभागले ६६ कार्टुन ब्रेक शु बरामद गरेको छ ।

रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदाममा छापा, ठूलो परिमाणको ‘ब्रेक शु’ बरामद
काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडर्सको गोदाममा छापा मारेको छ। १ सय क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको सोह्रखुट्टेमा रहेको गोदाममा राजश्व अनुसन्धान विभागले छापा मारेको हो । विभागले ६६ कार्टुन 'ब्रेक शु' बरामद गरेको छ । स्रोतका अनुसार उक्त ठाउँबाट विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेका पोकाहरूजस्तै फेला पारेको हो। ब्रेक शु, डिस्क ब्रेकका सामानसँगै सुन नाप्ने मेसिन, हिटर पनि बरामद भएको स्रोतले बताएको छ। ‘५० भन्दा बढी पोका बरामद भएको हो’, स्रोतले भन्यो, ‘ती बाकसमा सुन राखिएको आशंका गरिएको छ।’ त्यस्तै, नक्सालबाट पनि यस प्रकरणमा संलग्न एक जनालाई पक्राउ गरेको छ। ती व्यक्तिको परिचय खुलाइसकेको छैन। तस्बिर : अमित भट्ट