एमालेले संसद अवरुद्ध गरेपछि साउन १५ गतेसम्मका लागि बैठक स्थगित

सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको गठन गर्न माग गर्दै एमालले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि साउन १५ गतेसम्मका लागि बैठक स्थगित भएको हो ।

एमालेले संसद अवरुद्ध गरेपछि साउन १५ गतेसम्मका लागि बैठक स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरु्ध गरेपछि संसद बैठक स्थगित भएको छ । सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको गठन गर्न माग गर्दै एमालले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि साउन १५ गतेसम्मका लागि बैठक स्थगित भएको हो । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले बेल घेराउ गर्दै सुन तस्करलाई कारवाही गर, उच्चस्तरीय छानविन समिति गठन गर भन्दै नाराबाजी गरेका थिए ।