बाढीले ५ जना यात्रु सवार बस बगायो

चितवनको माडीस्थित घाँघर खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ । आाज बिहान माडी ८ / ९ को सीमास्थित खोला पार गर्ने क्रममा ५ जना यात्रु सवार ना ४ ख १९४७ नम्बरको बसलाई बाढीले बगाएको हो ।

बाढीले ५ जना यात्रु सवार बस बगायो
चितवन । चितवनको माडीस्थित घाँघर खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ । आाज बिहान माडी ८ / ९ को सीमास्थित खोला पार गर्ने क्रममा ५ जना यात्रु सवार ना ४ ख १९४७ नम्बरको बसलाई बाढीले बगाएको हो । बसमा सवार ५ जना यात्रुलाई भने सकुशल उद्धार गरिएको छ । अहिले बस निकाल्ने प्रयास भइरहेको छ । नारायणगढ–माडी–ठोरी हुलाकी सडकअन्तर्गत घाँघर खोलामा पुल निर्माण शुरु भएपनि काम सम्पन्न नहुँदा सबै सवारीसाधन खोलाबाटै वारपार गर्नुपर्ने अवस्था छ ।