संसद् भवन अगाडि लघुवित्त पीडितको प्रदर्शन

लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित भएका सर्वसाधारणले काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि प्रदर्शन गरेका छन्। लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिको अगुवाइमा पीडितले प्रदर्शन गरेका हुन्।

संसद् भवन अगाडि लघुवित्त पीडितको प्रदर्शन
काठमाडौं । लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित भएका सर्वसाधारणले काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि प्रदर्शन गरेका छन्। लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिको अगुवाइमा पीडितले प्रदर्शन गरेका हुन्। देशका विभिन्न स्थानबाट आएका पीडितहरू केही दिनदेखि माइतीघर मण्डलमा धर्ना दिइरहेका छन्। उनीहरूले आज संसद् भवन अगाडि प्रदर्शन गरेका हुन्। संसद् भवन घेराउ गर्न गएका प्रदर्शनकारीलाई प्रहरीले एभरेस्ट होटल अगाडि रोकेको छ। प्रहरीले रोक्दा केहीघर घम्साघम्सी पनि भएको छ। केही प्रर्दशनकारी संसद् भवन अगाडि पुगेका छन्। संसद् भवनको गेटमा पुगेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूले लुघवित्त खारेज गर्नुपर्ने, सावाँ-ब्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने लगायतका माग राखेका छन्।