श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

श्रीमतीको हत्या आरोपमा बारामा एक जना पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका-६ सिम्रौनगढ बजारकी २२ वर्षीया आसमिन खातुनको हत्या आरोपमा प्रहरीले २६ वर्षीय भारतीय नागरिक राजा भन्ने अमिनुल्लाह अन्सारीलाई पक्राउ गरेको हो ।

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ
काठमाडौं । श्रीमतीको हत्या आरोपमा बारामा एक जना पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका-६ सिम्रौनगढ बजारकी २२ वर्षीया आसमिन खातुनको हत्या आरोपमा प्रहरीले २६ वर्षीय भारतीय नागरिक राजा भन्ने अमिनुल्लाह अन्सारीलाई पक्राउ गरेको हो । एक वर्षदेखि माइतीमा बस्दै आएकी आसमिनलाई अमिनुल्लाहले घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक जितेन्द्र साहले जानकारी दिए । अमिनुल्लाहले घरभित्र जबर्जस्ती प्रवेश गरी ढोका बन्द गरी आसमिनको हत्या गरेको प्रहरीले बताएको छ ।