खोलामा दाउरा टिप्न गएकी महिलालाई बाढीले बगाउँदा बेपत्ता

रुपन्देहीको मर्चवारमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ हर्दी बस्ने ३५ वर्षीया मानती यादव दाउरा टिप्न जाँदा दानव खोलामा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

खोलामा दाउरा टिप्न गएकी महिलालाई बाढीले बगाउँदा बेपत्ता
रुपन्देही । रुपन्देहीको मर्चवारमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ हर्दी बस्ने ३५ वर्षीया मानती यादव दाउरा टिप्न जाँदा दानव खोलामा बेपत्ता भएको प्रहरीले जनाएको छ ।रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार दिउँसो पौने १२ बजे यादवसहित करिब १५ जना दाउरा टिप्न गएका थिए । सोही क्रममा आएको बाढीले मानती यादवलाई बगाएको कुँवरले बताए ।