दिनेश शर्मा, बडिगाड । इलाका प्रहरी कार्यालय भीमगिठेका वरिष्ठ सइ उज्वल पौडेलको शव धौलागिरि अस्पताल लगिएको छ ।
मंगलबार बडिगाड-६ खाल बजारको एक होटलमा मृत फेला परेका वरिष्ठ सइ पौडेलको शव पोष्टमार्टमका लागि धौलागिरि अस्पताल बागलुङ पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिए ।
उनका अनुसार आशा होटल एण्ड खाजा घरकी सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइसकिएको छ ।

उनका अनुसार आशा होटल एण्ड खाजा घरकी सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइसकिएको छ ।


