एमाले अध्यक्ष ओली र चिनिया प्रतिनिधिमण्डलबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच आज भेटवार्ता भएको छ।

एमाले अध्यक्ष ओली र चिनिया प्रतिनिधिमण्डलबीच भेटवार्ता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच आज भेटवार्ता भएको छ। पार्टी कार्यालय च्यासलमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र नेपाललाई चीनले दिने सहयोगका बारेमा कुराकानी भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। तीन दिने नेपाल भ्रमणमा गत आइतबार नेपाल आएको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेको छ। यस्तै इटालीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भर्चुअल कुराकानी गरेको छ। चुन नेतृत्वको टोली आज स्वदेश फर्किने छ।