वरिष्ठ सई मृत फेला प्रकरण : होटलको साहुनी र छोरा प्रहरी नियन्त्रणमा

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी योगेशकुमार खड्काको टोली घटनास्थलमा भर्खरै पुगेकाे छ ।

वरिष्ठ सई मृत फेला प्रकरण : होटलको साहुनी र छोरा प्रहरी नियन्त्रणमा
दिनेश शर्मा, बागलुङ । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका ६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले न्यूज खरीलाई जानकारी दिइन् । मृत फेला परेपछि प्रहरीले होटल सञ्चालक महिला आशा कुँवर र उनका छोरा २१ वर्षीय विनोद कुँवरलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी योगेशकुमार खड्काको टोली घटनास्थलमा  भर्खरै पुगेकाे छ ।