बागलुङ । बागलुङको इलाका प्रहरी कार्यालय भीमगिठेका प्रमुख (बरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् । सोमबार राति इलाका प्रहरी कार्यालय भीमगिठेबाट निस्केका पौडेल मंगलबार बिहान बडिगाड गाउँपालिका-६ खालबजारमा रहेको एक होटलमा मृत फेला परेका हुन् ।
स्थानीय पत्रकार दिनेश शर्माका अनुसार खाल बजारमा रहेको आशा होटल एण्ड खाजा घरमा पौडेल मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश अधिकारीकाे नेतृत्वमा खटिएको टोलीले घटनास्थल सिल गरेको छ ।
घटना थप शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी योगेशकुमार खड्काको नेतृत्वमा टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय भीमगिठेका बरिष्ठ सई होटलमा मृत फेला
स्थानीय पत्रकार दिनेश शर्माका अनुसार खाल बजारमा रहेको आशा होटल एण्ड खाजा घरमा पौडेल मृत फेला परेको छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको टोलीले घटनास्थल सिल गरेको छ ।

