श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

घरायसी विवादमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका(२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ
सप्तरी । घरायसी विवादमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका(२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरू बीच घरायसी वादविवादको कारण झैँ(झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हनुमान नगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।