काठमाडौं । काठमाडौंको सामाखुसी क्षेत्रमा विष्णुमती खोलाले एक जना बालकलाई बगाएको छ ।
फुटबल खेल्ने क्रममा बल खोलामा पुगेको र बल लिन जाने क्रममा बालकलाई खोलाले बगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर खोलाले बगाउँदा बेपत्ता भएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले जानकारी दिए । बेपत्ता भएका बालकको प्रहरीले खोजी गरिरहेको छ ।
काठमाडौंको विष्णुमति खोलाले बगाउँदा बालक बेपत्ता