तिमी सुनको कुरा गर्छौ
मानिसहरु पर कर्णालीतिर
सिटामोल कुरिरहेछन
जिउ त्यसै त्यसै अररिएको छ रे
बिचराहरुलाई जिवनजलको तिर्सना छ
छाउगोठतिर हिजो नि !
एउटी चेलिले प्राण त्यागिछिन्
तुईनतर्दै गर्दा अस्ति नि
एउटो छोरो महाकाली झरेथ्यो
तिमी ललिता निवासको कुरा गछौं ।
-अशोक शेरचन
तिमी सुनका कुरा गर्छौं !
तिमी सुनको कुरा गर्छौ मानिसहरु पर कर्णालीतिर सिटामोल कुरिरहेछन जिउ त्यसै त्यसै अररिएको छ रे बिचराहरुलाई जिवनजलको तिर्सना छ छाउगोठतिर हिजो नि ! एउटी चेलिले प्राण त्यागिछिन् तुईनतर्दै गर्दा अस्ति नि एउटो छोरो महाकाली झरेथ्यो तिमी ललिता निवासको कुरा गछौं । -अशोक शेरचन

