सुन तस्करी प्रकरण : राजस्व विभागले पनि गठन गर्‍यो छानबिन समिति

क्विन्टल सुन प्रकरणबारे छानबिनका लागि राजस्व अनुसन्धान विभागले पनि समिति गठन गरेको छ। विभागले राजस्व र प्रशासनका निर्देशक समेत रहने गरी चार सदस्यीय छानबिन समिति बनाएको हो।

सुन तस्करी प्रकरण : राजस्व विभागले पनि गठन गर्‍यो छानबिन समिति
काठमाडौं । क्विन्टल सुन प्रकरणबारे छानबिनका लागि राजस्व अनुसन्धान विभागले पनि समिति गठन गरेको छ। विभागले राजस्व र प्रशासनका निर्देशक समेत रहने गरी चार सदस्यीय छानबिन समिति बनाएको हो। अब यसै समितिमार्फत राजस्व अनुसन्धान विभागले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुनको विषयमा छुट्टै अनुसन्धान गर्नेछ।गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सारबाट पास भइसकेको करिब १ क्विन्टल सुन कार्गो भवन अघि बरामद भएको थियो।