चितवन । जंगलमा निगुरो टिप्न गएका रत्ननगर नगरपालिका–७ का ७५ वर्षीय नवराज अधिकारी शुक्रबार बिहान मृत भेटिएका छन् । उनी बिहीबार निगुरो टिप्न भन्दै सौराहा आडको बाघमारा मध्यवर्ती सामुदायिक वनमा गएका थिए । उनलाई गैंडाले आक्रमण गरेको हुन सक्ने वनका पदाधिकारीहरूको अनुमान छ ।
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार शुक्रबार बिहान साढे सात बजेतिर अधिकारीको शव फेला परेको हो । हिजोदेखि जंगल गएका नवराज घर नफर्केपछि परिवारले आज बिहानैदेखि खोजी सुरू गरेको थियो । शरीरका विभिन्न भागमा लागेको चोट र घटनास्थलको अवस्था हेर्दा उनलाई जंगली जनावरले आक्रमण गरेको हुन सक्ने चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।
निगुरो टिप्न गएका नवराज अधिकारी जंगलमा मृत फेला
जंगलमा निगुरो टिप्न गएका रत्ननगर नगरपालिका–७ का ७५ वर्षीय नवराज अधिकारी शुक्रबार बिहान मृत भेटिएका छन् । उनी बिहीबार निगुरो टिप्न भन्दै सौराहा आडको बाघमारा मध्यवर्ती सामुदायिक वनमा गएका थिए । उनलाई गैंडाले आक्रमण गरेको हुन सक्ने वनका पदाधिकारीहरूको अनुमान छ ।

