इमेज सहकारीका सञ्चालकसहित तीन जना जेल चलान

सहकारीले अर्ब ५१ करोड हिनामिना गरेको भन्दै १ हजार ४ सय ८१ जना बचतकर्ताले १ अर्ब ३० करोड विगो दाबी गरेर सहकारीका कर्मचारी र सञ्चालक गरि ११ जना विरुद्ध जिल्ला अदालतमा ठगीको मुद्दा दर्ता गरेका थिए ।

इमेज सहकारीका सञ्चालकसहित तीन जना जेल चलान
बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र दुई जना कर्मचारी पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको हो । सहकारीका  १ हजार ४ सय ८१ जना बचतकर्ताले १ अर्ब ३० करोड विगो दाबी गरेर सहकारीका कर्मचारी र सञ्चालक गरि ११ जनाविरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेका थिए । प्रहरीले संचालक चित्रबहादुर भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी लालमती रोकालाई असार १ गते ताराखोलाबाट पक्राउ गरेकाे थियो  । यस्तै सहकारी बागलुङका प्रबन्धक शक्ति किसानलाई असार ११ गते  बागलुङ बजारबाट पक्राउ गरी प्रहरीले ठगी मुद्दामा अनुसन्धान अघि बढाएकाे थियाे । बचतकर्ताको अर्बौ रकम हिनामिना गरी सहकारीका संस्थापक अध्यक्ष समेत रहेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली जेठ ५ गतेदेखि फरार छन् । याे पनि :

बचतकर्ताको रकम हिनामिना गरि फरार भएका देवकुमार नेपालीको ३३ ठाउँमा जग्गा