सुनको मूल्य हालसम्मकै उच्च

नेपाली बजारमा सुनचाँदीको मूल्यले बिहीबार नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदी दुवैको यसअघिको मूल्यलाई ‘ब्रेक’ गर्दै नयाँ रेकर्ड बनाएको हो ।

सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले बिहीबार नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदी दुवैको यसअघिको मूल्यलाई ‘ब्रेक’ गर्दै नयाँ रेकर्ड बनाएको हो । यस दिन छापावाल सुन तोलाको एक लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि, गएको जेठ १९ गते छापावाल सुन तोलाको एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । आज तेजाबी सुन तोलाको एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।