सुन तस्करी प्रकरण : सुराकी दिनेलाई १० करोड 'इनाम'

सुराकीको माध्यमबाट सुन समातिएको हो । सुराकीको सूचनाका आधारमा सुन समातिएकाहरुले उनीहरुले कमिसन पाउँछन् । त्यो रकम निकै ठूलो हुनेछ।

सुन तस्करी प्रकरण : सुराकी दिनेलाई १० करोड 'इनाम'
काठमाडौं । हिजो त्रिभुवन विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले समाएको सुनको सुराकी दिनेले १० करोड रुपैयाँ पाउने भएका छन् । एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान अनुसार सुराकी दिनेले उक्त रकम पाउने भएका छन् । सुराकीको माध्यमबाट सुन समातिएको हो । सुराकीको सूचनाका आधारमा सुन समातिएकाहरुले उनीहरुले कमिसन पाउँछन् । त्यो रकम निकै ठूलो हुनेछ। पहिले १० लाख रुपैयाँ कमिसन पाउँथे । चालु आर्थिक वर्षको बजेटबाट त्यो व्यवस्थालाई संशोधन गरेर पक्राउ परेको सामानको १० प्रतिशत पाउने व्यवस्था गरिएको छ। त्यसो हुँदा सुराकीले करिब १० करोड रुपैयाँ पाउने छन्। भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार गत वर्षसम्म सुराकीमा समातिएको सामानमा १० लाख रुपैयाँसम्म दिने व्यवस्था थियो। यसपालिको बजेटबाट १० प्रतिशत बनाइएको हो।