त्रिभुवन विमानस्थल सुन तस्करी प्रकरण : भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी निलम्बन गर्ने तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ ।

त्रिभुवन विमानस्थल सुन तस्करी प्रकरण : भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी निलम्बन गर्ने तयारी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । ‘केहीबेरमा यसबारे निर्णय हुन्छ, हामीले आन्तरिक छानबिन तीव्र पारेका छौं,’ महानिर्देशक पौडेलले भने, ‘जाँच पासमा संलग्न सबै निलम्बन हुन्छन् ।’