काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको छ।
राजस्व अनुसन्धान विभागको टोलीले बुधबार करिब एक क्विन्टल सुन बरामद गरेको हो । विभाग स्रोतका अनुसार एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान छ ।
बुधबार दिउँसो विभागको टोलीले तयारी पोसाक, गार्मेन्टलगायतको कार्गो निरीक्षणका क्रममा सुन फेला परेको थियो । उक्त सुन परीक्षण भएको छ। परीक्षणबाट पुष्टि भएपछि विभागको टोलीले अहिले तौल र मूल्याङ्कन गरिरहेको छ।
पछिल्लो समय नेपाल प्रहरीको रेकर्डमा एकैपटक सबैभन्दा धेरै ८८ किलो सुन बरामद भएको थियो । २०७४ भदौमा ठमेलबाट चिनियाँ नागरिकले ल्याएको ८८ किलो सुन समातिएको थियो।
त्रिभुवन विमानस्थलमा समातियो एक अर्बभन्दा बढी मूल्यको सुन
राजस्व अनुसन्धान विभगको टोलीले बुधबार विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेको हो । विभाग स्रोतका अनुसार एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान छ ।

