कुशल भुर्तेलले लिए लगातार पाँच विकेट

एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को सातौं विकेट लिएको छ । सातौं विकेटका रुपमा यूएईले असवान्त भलथपालाई १६ रनको ब्यक्तिगत स्कोरमा गुमाएको हो ।

कुशल भुर्तेलले लिए लगातार पाँच विकेट
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को सातौं विकेट लिएको छ । सातौं विकेटका रुपमा यूएईले असवान्त भलथपालाई १६ रनको ब्यक्तिगत स्कोरमा गुमाएको हो । उनको विकेट कुशल भुर्तेलले लिए । कुशल भुर्तेलले उनलाई विकेटकिपर अर्जुन साउदद्वारा स्टम्पिङ गराएका हुन् । कुशल भुर्तेलले लगातार पाँचौं विकेट लिएका हुन् । उनी आउट हुँदा यूएईले ३३.३ ओभरमा एक सय ३१ रन बनाएको छ ।