निर्माणाधीन भूमिगत मार्गको पर्खाल भत्किँदा आठ मजदुरको मृत्यु, चार जना बेपत्ता

अविरल वर्षाका कारण पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरमा बुधबार बिहान निर्माणाधीन भूमिगत मार्गको पर्खाल भत्किँदा कम्तीमा आठ मजदुरको मृत्यु हुनुका साथै चार जना बेपत्ता भएका छन् ।

निर्माणाधीन भूमिगत मार्गको पर्खाल भत्किँदा आठ मजदुरको मृत्यु, चार जना बेपत्ता
इस्लामावाद । अविरल वर्षाका कारण पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरमा बुधबार बिहान निर्माणाधीन भूमिगत मार्गको पर्खाल भत्किँदा कम्तीमा आठ मजदुरको मृत्यु हुनुका साथै चार जना बेपत्ता भएका छन् । उद्धार सेवाका अधिकारीहरूका अनुसार रावलपिन्डीको गोलराह मोर क्षेत्रमा निर्माणाधीन भूमिगत मार्गको पर्खालमुनि सुतेका मजदुरमध्ये आठ जनाको शव भेटिएको र हराएका अन्य चार जनाको खोजी भइरहेको छ । दुर्घटनाको जानकारी पाउनेबित्तिकै उद्धारकर्मी घटनास्थलमा पुगेर भग्नावशेषबाट आठ जनाको शव निकालिएको थियो । मजदुरका शव परीक्षणका निम्ति स्थानीय अस्पतालमा लगिएको उद्धार सेवाका एक अधिकारीले बताएका छन् ।