काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन्। बुधबार बिहान काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नै पर्दछ। विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु।’
प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासका लागि भौतिक पूर्वाधारको निर्माण पहिलो सर्त भएको बताए। ‘मुलुकको आर्थिक विकासको लागि भौतिक पूवार्धारको निर्माण पहिलो सर्त हो। भौतिक पूर्वाधार विकासको सम्बन्ध इञ्जिनियरसँग अभिन्न रूपले जोडिएको हुन्छ। ६० वर्षदेखि निरन्तर राष्ट्रको विकास र निर्माण लागिरहनुभएका इन्जिनियरहरुका सोंच–विचार, अनुभव र देश विकासको मार्गचित्रको बारेमा प्रत्यक्ष सुन्ने अवसर पाउँदा म खुसी छु,’ प्रधानमन्त्रीले भने।
विकासका लागि सरकारसँग स्रोत कम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले निजी क्षेत्रको लगानी आवश्यक देखिएको बताए। प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा पनि वैदेशिक लगानी आउनुपर्ने बताए।
असारे विकासको प्रवृत्ति त्याग्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन्। बुधबार बिहान काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

