खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानीय पञ्चकाली पशुपालन समूहले बनाएको सिंचाइ पोखरीमा डुबेर ६२ वर्षीय केशरमान राईको मृत्यु भएको बुधबार प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो एक बजेतिर पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय निशान राईले केशरमानलाई पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेको डीएसपी मन्जिल मुकारुङले बताए । राईको शवको पोस्टमार्टम जिल्ला अस्पतालमा भइरहेको डीएसपी मुकारुङले बताए ।
पोखरीमा डुबेर ६२ वर्षीय केशरमान राईको मृत्यु
हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानीय पञ्चकाली पशुपालन समूहले बनाएको सिंचाइ पोखरीमा डुबेर ६२ वर्षीय केशरमान राईको मृत्यु भएको बुधबार प्रहरीले जनाएको छ ।

