काठमाडौं । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत यूएई ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता पवन सर्राफले दिलाएका छन् । उनले १५.४ ओरभमा अंश टण्डनलाई ३ रनमा एल्बीडब्लु धरापमा पारे । नेपाललाई सफलता कुशल मल्लले दिलाए । टिमलाई पहिलो सफलता दिलाउनेक्रममा उनले १०.२ ओभरमा विकेटकिपर आर्यन शर्मालाई १४ रनमा आउट गरे । कुशलले उनलाई पवनको हातबाट क्याच गराए ।
टस हारेर फिल्डिङको ब्याटिङको निम्तो पाएको यूएईले १६ अोभरमा २ विकेट गुमाएर ५२ रन जोडेको छ । नेपाल र यूएईबीचको खेल कोलम्बोस्थित पी सारा ओभल मैदानमा भइरहेको हो । यूएईविरुद्ध नेपालले प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ ।
नेपालले आज आसिफ शेख, भीम सार्की, ललितनारायण राजवंशी र सोमपाल कामीलाई विश्राम दिएर अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी र श्याम ढकाललाई मौका दिएको हो । सेमिफाइनल दौडबाट बाहिरिसकेका नेपाल र यूएई जितका साथ सुखद अन्त्य गर्न चाहन्छन् । जारी प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग ४ तथा दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटको हार बेहोरेको थियो । यस्तै, यूएई पाकिस्तानसँग १८४ रन तथा भारतसँग ८ विकेटले पराजित भयो ।
यूएईको दोस्रो विकेट पतन, नेपाललाई दोस्रो सफलता
श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत यूएई ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता पवन सर्राफले दिलाएका छन् । उनले १५.४ ओरभमा अंश टण्डनलाई ३ रनमा एल्बीडब्लु धरापमा पारे । नेपाललाई सफलता कुशल मल्लले दिलाए ।

