काठमाडौं । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत यूएई ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता कुशल मल्लले दिलाएका छन् । उनले १०.२ ओभरमा विकेटकिपर आर्यन शर्मालाई १४ रनमा आउट गर्दै टोलीलाई पहिलो सफलता दिलाएका हुन् । कुशलले उनलाई पवन सर्राफको हातबाट क्याच गराए ।
टस हारेर फिल्डिङको ब्याटिङको निम्तो पाएको यूएईले १२ अोभरमा एक विकेट गुमाएर ४२ रन जोडेको छ । नेपाल र यूएईबीचको खेल कोलम्बोस्थित पी सारा ओभल मैदानमा भइरहेको हो । यूएईविरुद्ध नेपालले प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ ।
नेपालले आज आसिफ शेख, भीम सार्की, ललितनारायण राजवंशी र सोमपाल कामीलाई विश्राम दिएर अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी र श्याम ढकाललाई मौका दिएको हो । सेमिफाइनल दौडबाट बाहिरिसकेका नेपाल र यूएई जितका साथ सुखद अन्त्य गर्न चाहन्छन् ।
यूएईविरुद्ध कुशलले दिलाए नेपाललाई पहिलो सफलता
श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत यूएई ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता कुशल मल्लले दिलाएका छन् । उनले १०.२ ओभरमा विकेटकिपर आर्यन शर्मालाई १४ रनमा आउट गर्दै टोलीलाई पहिलो सफलता दिलाएका हुन् । कुशलले उनलाई पवन सर्राफको हातबाट क्याच गराए ।

