युएईविरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिसी इमर्जिङ टिम्स कपको अन्तिम खेलमा युएईविरुद्ध टस हारेर पहिले बलिङ गर्दैछ। युएईका कप्तान अली नासिरले टस जितेर पहिले ब्याटिङको निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्न लागेको हो।

युएईविरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिसी इमर्जिङ टिम्स कपको अन्तिम खेलमा युएईविरुद्ध टस हारेर पहिले बलिङ गर्दैछ। युएईका कप्तान अली नासिरले टस जितेर पहिले ब्याटिङको निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्न लागेको हो। केही समयपछि पी सारा ओभल कोलोम्बोमा खेल सुरु हुँदैछ। खराब ब्याटिङका कारण सुरुवाती दुई खेल गुमाएको नेपाल अन्तिम खेलमा सान्त्वना जितका लागि मैदान उत्रिनेछ। युएई पनि सुरुवाती दुई खेल गुमाएकाले अन्तिम खेल जित्ने प्रयासमा रहेको छ। भारत र पाकिस्तान ‘ए’ सँग लगातार पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको नेपाल र युएई दुवै पहिलो जित निकाल्न कोसिस गर्नेछन्। एसिसी इमर्जिङकपमा नेपाले दुवै खेलमा २ सय रनको आँकडा पूरा गर्न सकेन। यद्यपि, युएईसँगको बलियो बिरासतलाई कायम राख्न नेपाल जित्नुपर्ने दबाबमा छ। पछिल्लो समय लगातर नेपालसँग पराजित हुँदै आएको युएई आफ्नो नेपालविरुद्धको खराब लयलाई अन्तगर्ने प्रयासमा रहेको छ। युएईले पनि जारी प्रतियोगितामा आफ्नो दोस्रो रोजाइका खेलाडी पठाएको छ। नेपालले भने केही नयाँ अनुहारसहित राष्ट्रिय टिमनै पठाएको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ४ विकेट र दोस्रो खेलमा भारतसँग ९ विकेटले पराजित भएको थियो। युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो। युएई ‘ए’ टिम भएकाले दबाब मुक्त भएर मैदानमा उत्रिँदा नेपाली राष्ट्रिय टिमलाई भने जित्नैपर्ने दबाब रहेको छ।